स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाध्यक्ष पदका लागि मतदान जारि

बाजुरा।आइतबार बिहान ७ बजेदेखि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाअध्यक्ष पदका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ।

निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइएका कारण निर्धक्कसाथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामिकार्तिकका अनुसार विहान ७ बजेर १७ मिनेटमा मतदान सुरु भएको थियो।

बिहानैदेखि मतदानस्थलमा मतदान गर्ने मतदाताको लाइन लागेको छ । जिल्लाको एक पालिकामा मात्रै उपनिर्वाचन हुन लागेकाले यसलाई जिल्लामै महत्त्वका साथ हेरिएको छ ।


१६ मंसिर २०८१, आइतवार १०:०८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु