punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा मलामी बोकेर जाँदै गरेको जिप दुर्घटना

Chaupati
safha napa

दार्चुला। दार्चुलामा मलामी बोकेर जाँदै गरेको जिप दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१००१ ज १५९४ नम्बरको जिप गोकुलेश्वरबाट सेतिकलातर्फ जाँदै गर्दा शैल्यशिखर नगरपालिका–५ ओखडानी स्थित बरमुडो भित्री सडकखण्डमा दुर्घटना भएको हो।

जिपमा १४ जना सवार मध्ये तीन जना घाइते भएका छन्। घाइते हुनेमा शैल्यशिखर नगरपालिका–४ का २३ वर्षीय हरिष धामी, २१ वर्षीय मोहन धामी र ३९ वर्षीय दानसिँ ठगुन्ना रहेका छन्।

घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। चालक सिद्ध रावललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ।


९ असोज २०८१, बुधवार १९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु