परराष्ट्रमन्त्री राणाद्वारा धनगढी वडा नम्बर ४ को कार्यालय उद्घाटन
धनगढी : परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयको उद्घाटन गरेकी छिन । शिलालेख अनावरण र रिवन काटेर मन्त्री राणाले वडा कार्यालयको उद्घाटन गरेकी हुन । राणा घर पनि वडा नम्बर ४ मै पर्छ । वडा अध्यक्ष बुद्धी बहादुर खडकाको अध्यक्षामा भएको कार्यक्रममा स्वागत वडा सदस्य माया भण्डारीले गरेकी थिईन । वडा कार्यालयको उद्घाटन गर्दै राणाले सरकारी संरचनाहरुको विकास हुनुनै देश विकास भएकाले आफुलाई खुसी लागेको बताईन ।
कार्यक्रममा कैलाली ५ का संघीय सांसद, प्रदेशका मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्य, नगरप्रमुख उपप्रमुख सहितको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन पछि मन्त्री राणाले वडाध्यक्ष खडकाको मोबाईल मागेर उनको कुसीमा बसेको तस्बिर खिचेकी थिईन । वडा कार्यालय ९७ लाखको लगानी र सँगै रहेको आधारभूत स्वास्थ्य केन्द् ७६लाखको लगानीमा निर्माण भएका थिए ।
१२ भदौ २०८१, बुधवार १९:२६ बजे प्रकाशित