धनगढीमा विद्युत अवरुद्ध
सुदूरपश्चिमकाे अस्थायी राजधानी धनगढीमा विद्युत अवरुद्ध गएको छ ।
नेपाल विद्युत प्राधिकरण धनगढीले उपमहानगरपालिका क्षेत्रकाे विद्युत अवरुद्ध भएकाे जनाएको छ ।
तर समस्या के हाे ? भन्ने कुराकाे पहिचान नभएकाे बताइएको छ ।
गेटा मेडिकल कलेजमा लाइनमा आगाेकाे झिल्का देखिएकाे खबर आएपछि टाेली त्यसतर्फ हिडेकाे छ ।
समस्याकाे पहिचान भए तत्कालै र नभए विद्युत सुचारू गर्न समय लाग्ने प्राधिकरणले जनाएको छ ।
१५ साउन २०८१, मंगलवार ११:५६ बजे प्रकाशित






























