कुकुर मारेको निहुँमा छोराले गरे बुवाको हत्या

कावासोती । नवलपुरको कावासोतीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् ।

कावासोती ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले आज विहान आफ्नै बुबा ४३ बर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।

बुवाले कुटेर कुकुर मारेपछि विवाद हुँदा छोराले बुवालाई ढुंगाले हिर्काएका थिए । छोराले हानेको ढुंगा बुवाको टाउकोमा लागेको थियो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२ साउन २०८१, बुधवार १२:२६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु