नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन, एक युवक पक्राउ

दाङ, साउन २ । तीन महिनादेखि नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन गरिरहेका एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको दैलेख नगरपालिका– ५ का ३० वर्षीय नैनसिंह विक छन् ।
राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी बताउँदै सरकारी कार्यालयहरूमा अनुगमनमा जाने गरेको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आफूलाई डिएसपी नवीन शाही हुँ भनेर तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा अनुगन गर्ने र विभिन्न सूचना संकलन गर्ने र कर्मचारीहरूसँग चिया, खाजा खाने गरेको भेटिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
विकलाई मंगलबार कोहलपुर नगरपालिका–११ बाट पक्राउ गरिएको हो । प्रहरीले विकबाट ठगिएकाहरूलाई प्रहरीमा सम्पर्क गर्न आग्रह पनि गरेको छ ।
२ साउन २०८१, बुधवार १०:५९ बजे प्रकाशित