अछामको बुढीगंगा नदीमा बेवारिसे शव फेला
धनगढी । अछामको बुढीगंगा नदीमा बेवारिसे शव फेला परेको छ।
साँफेबगर नगरपालिका–७ मेलसैनस्थित बुढीगंगा नदीमा मंगलबार बिहान बेवारिसे शव फेला परेको प्रहरीले जनाएको हो।
नदी किनारमा फेला परेको शवको नाम थर र लिङ्गको समेत पहिचान हुन सकेको छैन।
शरीरका विभिन्न अङ्ग सडेका कारण उक्त शव पुरूष वा महिला हो भन्ने समेत पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
२५ असार २०८१, मंगलवार १६:०१ बजे प्रकाशित













