सभापति लामिछानेले महामन्त्री ढकाललाई प्रतिवेदन पेस गर्न दिएनन्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदन पेस गर्न रोक्न लगाएका छन् ।

बुधबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा महामन्त्री ढकालले लिखित प्रस्ताव पेस गर्न नदिएका हुन् ।

समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट हिजो प्रस्ताव पेस गर्न सचिवालयको बैठकमा अनुमति दिएको भएपनि आज लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति नदिएको महामन्त्री ढकालले बताए ।

उनका अनुसार प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।


१९ असार २०८१, बुधवार १२:४४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु