रास्वपाको बैठकमा महामन्त्री ढकालको मुखमा कालो टेप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै विरोध जनाएका छन् ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरिएको महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि मुखमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।
प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अंगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने भएकाले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा उल्लेख छ ।
१९ असार २०८१, बुधवार ११:२६ बजे प्रकाशित