अछाममा जिप दुर्घटना
अछाम । अछाममा जिप दुर्घटना भएको छ।
जिल्लाको कमलबजारदेखि मङ्गलसेन जाने क्रममा मानसैनमा जिप दुर्घटना भएको हो।
सडक निर्माण गर्ने क्रममा लु २ च ५९५६ नम्बरको जिप सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
जिपमा चालक मात्र सवार थिए। जिपको अगाडिको भागमा क्षति पुगेको छ।
घटनाबारे पूर्ण विवरण भने आउन बाँकी छ।
३२ जेठ २०८१, शुक्रवार १४:४३ बजे प्रकाशित































