भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ

भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा हिजो (आइतबार ) मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् ।  प्रधानमन्त्री मोदीले शपथ लिएपछि यसअघि रक्षामन्त्री रहेका राजनाथ सिंह, पहिला गृहमन्त्री रहेका अमित शाह, नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस.जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ३० जना मन्त्री र ४१ जना राज्यमन्त्रीसहित ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्  । मन्त्रीहरुमा धेरैजसो पुरानै अनुहार दोहोर्‍याइएको छ ।

नरेन्द्र मोदी यसअघि सन् २०१४ मा पहिलो पटक  र २०१९ मा दोस्रो पटक भारतको प्रधानमन्त्री निर्वाचित भएका थिए ।

यसपटक नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, भारतीय जनता पार्टी भाजपा एक्लैले भने बहुमत ल्याउन सकेन ।


२८ जेठ २०८१, सोमवार ०७:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु