मौसम : आज राति यी तीन प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको हो । साथै आज काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।

काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ । उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


७ जेठ २०८१, सोमवार ०८:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु