विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी असफल, प्रदेशसभा बैठक स्थगित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार विश्वासको मत लिन गरेको तयारी असफल भएको छ ।
विश्वासको मत नपाउने स्थिति भएपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रायोजनको लागि ५ बजेका लागि बैठक बोलाइएको थियो ।
प्राविधिक कारण आजको प्रदेश सभाको बैठक स्थगित गरिएको सभामुख भीमबहादुर भण्डारीले बताए ।
एमालेले मुख्यमन्त्रीलाई अहिले नै विश्वासको मत नदिने अडान राखेको छ भने नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा विवाद छ । यो अवस्थामा मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने स्थिति थियो ।
२१ वैशाख २०८१, शुक्रवार १६:१७ बजे प्रकाशित












