मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने तयारी अनिश्चित

धनगढी । सुदूरपश्चिम मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी अनिश्चित बनेको छ ।

सत्ताधारी दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) अनिर्णित बन्दा मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने तयारी अनिश्चित बनेको हो । यद्यपि आज (शुक्रबार) अपराह्न ५ बजे प्रदेश सभा बैठक बस्दैछ ।

विश्वासको मतका लागि सत्ता गठबन्धन दलभित्र छलफल र समझदारी नबनेकोले प्रदेश सभा बैठक बस्ने सम्भावना पनि कम देखिएको छ ।

विश्वासको मत दिने विषयमा एमालेभित्र निर्णय नभएको र नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएकाले मुख्यमन्त्री सोडारी पर्ख र हेरको अवस्थामा रहेको एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले बताए ।

सोडारी नेतृत्वको सरकारलाई एमालेका १०, माओवादी केन्द्रका १०, नाउपाका २ (रञ्जिता पक्ष), एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसदको समर्थन छ । सोडारी वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।


२१ वैशाख २०८१, शुक्रवार १४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु