punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालले आज वेस्ट इन्डिज ‘ए’ संग तेस्रो खेल खेल्दै

Chaupati
safha napa

काठमाडौं, वैशाख १९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको तेस्रो खेल आज खेल्दैछ ।

खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२ः१५ बजे सुरु हुनेछ । सिरिज हाल १–१ को बराबरीमा छ ।

नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।

आजको खेलमा पनि टोलीमा परिवर्तन हुने पक्का छ । विश्वकपको टोली निर्माण गर्ने लक्ष्यसहित २० खेलाडी यसपटक टिममा छन् । पहिलोबाट दोस्रो खेलमा ५ खेलाडी परिवर्तन भएका थिए ।

विनोद भण्डारी, आसिफ शेख, करण केसी र सन्दीप जोराले सुरुवाती दुई खेल खेलेनन् ।
नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी छन् ।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ टोली रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन् ।


१९ वैशाख २०८१, बुधवार १०:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु