ढुंगाले हानेर दाईको हत्या, भाई पक्राउ

कञ्चनपुर । दाई नाता पर्नेलाई ढुंगाले हानेर हत्या गरेको आरोपमा कञ्चनपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

भिमदत्त नगरपालिका–१ सृजना टोल बस्ने ३५ वर्षीय दीपक नेपालीलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । उनले ४० वर्षीय गणेश नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोप छ ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यसबारे खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


१३ वैशाख २०८१, बिहीवार ०९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु