nast

एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन:कसलाई के जिम्मेवारी ? ( सूचीसहित )

नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा हेरफेर गरेको छ। केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो । सो पार्टीले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरेको जनाएको छ।

सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा पछिल्लो कार्यविभाजन अनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने उल्लेख छ भने महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्ने उल्लेख छ। त्यसबाहेक सम्मानित नेता झलनाथ खनाल विदेश विभाग प्रमुख छन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएका छन् । त्यस्तै प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएका छन्।

नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्षसहितका पदाधिकारी तोकेको छ । अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । जारी अपानीमा प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको जिम्मेवारी तोकिएको छ । कोशीको इन्चार्ज उपाध्यक्ष घनेन्द्र बस्नेत भएका छन् भने सहइन्चार्ज राजेन्द्र राई, देउमान सम्बाहाम्फे र अध्यक्ष बलदेव चौधरी भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा राजन राई, धर्मराज निरौलाले जिम्मेवारी पाएका छन् भने सचिवमा महेश रेग्मी तथा उपसचिवको जिम्मेवारी सरिता थापाले पाएकी छन् । त्यसैगरी मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी केन्द्रीय उपाध्यक्ष धर्मनाथप्रसाद साहले पाउँदा स्थायी कमिटी सदस्य रामप्रित पासवान, रत्नेश्वर गोइत र कल्याणी खड्काले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।मधेस प्रदेशको अध्यक्ष रामचन्द्र यादव बन्दा स्थायी कमिटी सदस्य लक्ष्मण पौडेल र पोलिटव्युरो सदस्य रामचन्द्र साह तेलीले उपाध्यक्षको भूमिका पाएका छन् । सुधीर साह मधेस प्रदेशको सचिव बनेका छन् भने नारायण आचार्य उपसचिव बनेका छन् । गण्डकीको इन्चार्ज स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ बनेका छन् ।

गण्डकीको सहइन्चार्ज शारदा सुवेदीले पाएकी छन् भने अध्यक्ष रामजी शर्मा भएका छन् । लुम्बिनीको इन्चार्जमा केन्द्रीय कमिटी सचिव हरि पराजुली मनोनित भएका छन् भने सहइन्चार्जमा पोलिटव्युरो सदस्य निर्मल सुवेदीले जिम्मेवारी पाएका छन् । लुम्बिनीको अध्यक्षमा सोमप्रसाद पाण्डे, उपाध्यक्षमा पिताम्बर भुसाल मनोनित हुँदा केन्द्रीय सदस्य राजु गुरुङ सचिव र उपसचिवमा बृहस्पति अधिकारी र हरिप्रसाद घर्ती चयन भएका छन् ।केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला कर्णालीको इन्चार्ज बन्दा पोलिटव्युरो सदस्य चन्द्रबहादुर शही, शेरवहादुर केसी र हंसबहादुर शाही सहइन्चार्ज बनेका छन् । कर्णाली प्रदेशको अध्यक्ष अम्मबरबहादुर थापा चयन भएका छन् । त्यसैगरी सुदूरपश्चिमको इन्चार्ज केन्द्रीय कमिटी सचिव गरिमा शाह बन्दा सहइन्चार्जमा रामकुमार ज्ञवाली, परमानन्द भट्ट, प्रेमबहादुर आले र हनुमान चौधरीले पाएका छन् । त्यस्तै यो प्रदेशको अध्यक्ष केन्द्रीय कमिटी सदस्य हर्कबहादुर सिंह बन्दा उपाध्यक्ष शेरबहादुर कुँवर, सचिवमा दिनेशचन्द्र सुवेदी र उपसचिवमा दीर्घ सोडारी र माया भटट्ले जिम्मेवारी पाएका छन् ।


२८ भदौ २०८०, बिहीवार १७:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु