punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज पनि गौराको रौनक, धनगढीमा सार्वजनिक बिदा

Chaupati
safha napa

सुदूरपश्चिममा आज पनि गौराको रौनक, धनगढीमा सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशमा आज पनि गौरा पर्व माइदैछ । ७ भदौमा गौरा पर्व नमनाएका समुुदाय तथा क्षेत्रमा बिहीबार हर्सोल्लासका साथ गौरा मनाइदैछ ।
पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमीका दिन गौराको पूजाआजा गरी मनाइन्छ ।

मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व दार्चुला, बैतडी, डडेल्धुृरा, डोटी, कैलाली र कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने चलन रहेको छ ।

काम विशेषले घरबाट टाढा गएकाहरु पनि गौरा पर्व मनाउन घर फर्कने गर्छन् । गौरा पर्वको अवसरमा धनगढी उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहले बिहीबार सार्वजनिक विदा समेत दिएका छन् ।

पञ्चमीदेखि आरम्भ हुने गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् ।

पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ। पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ ।

त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो चढाउने चलन छ । अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थलमा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन रहेकोख छ ।

देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । गौरा पर्व पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ–आफ्नै चलन अनुसार गर्ने गरिन्छ ।


२१ भदौ २०८०, बिहीवार ०९:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु