punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूमिहीनलाई जग्गाधनी लालपुर्जा

Chaupati
safha napa

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सोमबार नवलपरासी ९पश्चिम० भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा प्रदान गरेकी छन्। मन्त्री चौधरीले सरावल गाउँपालिका–३ का २५ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी लालपुर्जा प्रदान गरेकी हुन्।

मन्त्री चौधरी भन्छिन्, ‘संविधानले दिएको अधिकारअनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनु पर्दैन। मेरो कार्यकाल भित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने गरी काम गरिरहेको छु।’ लामो समयको प्रतीक्षापछि नवलपरासीको ९पश्चिम० सराबल गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन्। देशमा हजारौं भूमिहीन, दलित तथा सुकुम्बासी रहेकाले सुकुम्बासीका समस्या समाधान गर्न तीव्र गतिमा अभियान नै चलाउने उनले जनाइन्।


१९ भदौ २०८०, मंगलवार १६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु