punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज साउने सक्रान्ति पर्व मनाउँदै, साँझ घर-घरमा लुतो फाल्ने चलन

Chaupati
safha napa

सोमबार साउने संक्रान्ति पर्व । नेपालीहरुले परम्परा अनुसार स्नान, दान र आफन्तहरु जमघट गरी यो पर्व मनाउने गर्दछन् । सौरमास अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ।

साउने सक्रान्तिलाई रोपाईं सकेपछि मैजारो खाने दिनको रुपमा पनि लिने गरिन्छ । यस्तै, नेपाली समाजमा साउने सक्रान्तिको दिन साँझ घर(घरमा लुतो फाल्ने चलन पनि रहेको छ । भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टोसहित साँझ लुतो फाल्ने गरिन्छ ।यस क्रममा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन पनि छ।

असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो ।महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै हरियो पोशाकमा सजिएर शिवलाई प्रसन्न पार्न सोमबारे ब्रत बस्छन् ।साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ ।

साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । साथै यो महिनाभर शिवजीका भक्तजनहरु बोलबम यात्रामा निस्कने पनि गर्दछन् ।यस्तै, कर्णाली प्रदेशमा साउने संक्रान्तिको दिन सार्वजनिक बिदा दिइएको छ । कर्णालीमा साउने सक्रान्तिको दिनलाई देउडा पर्वको रुपमा समेत मनाउने गरिन्छ ।


१ साउन २०८०, सोमवार १४:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु