punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपाल प्रधानमन्त्री निवास बालुवाटारमा

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल भेट्न बालुवाटार पुगेका छन् । उनी सदनको अवरोध कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न बालुवाटार पुगेको बताईएको छ ।

सो क्रममा सत्ता गठबन्धनका प्रमुख सचेतकहरु पनि छलफलमा थिए । प्रधानमन्त्री दाहालले हालै दिएको एक अभिव्यक्तिलाई लिएर एमालेलगायतका दलले सदनमा अवरोध गरेका छन् । ती दलले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले भने एमालेले मिटरब्याजसम्बन्धी विद्येक ल्याउन लागिएको बेला राजीनामाको नाटक गरेर आफ्नो उद्देश्य पूरा गर्न खोजेको आरोप लगाएको छ । एमालेले आज पनि सदन अवरोध गर्ने निर्णय गरिसकेको छ ।

सभामुख देवराज घिमिरले भने सदनको अवरोध खुलाउनको लागि पहल गरिरहेका छन् । आजै दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाईएको छ ।


२२ असार २०८०, शुक्रवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु