धनगढीमा एक महिलासहित दुईजना मृत भेटिए
धनगढी । धनगढीमा एक महिला र एक पुरुष मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा २६ वर्षीया गंगा भट्ट र २८ वर्षिय तोयनाथ ओझा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार तारानगरमा डेरा गरी बस्ने गंगा झुण्डिएको अवस्थामा बेहोस भेटिएपछि उनका श्रीमानले सेती प्रादेशिक अस्पताल पुगाएका थिए । अस्पताल पुग्नु अघिनै गंगाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ घर भएर धनगढीमा श्रीमानसँगै बस्दै आएकी थिइन्। उनका दुई जना छोराछोरी छन्।
यता तोयनाथ पनि आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
२१ असार २०८०, बिहीवार १३:०९ बजे प्रकाशित































