सुरेन्द्र केसीको टिप्पणी : प्रचण्ड आँफै एक प्रकारले ओरालो लागेको स्थिति छ

राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले तत्काल कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सम्भावना नभएको बताएका छन् । उनले आफूले चुनाव सकिएलगत्तै कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्नुपर्ने र माओवादी शक्तिशाली प्रतिपक्षको रुपमा रहनुपर्ने सुझाव दिएको स्मरण गराए ।

उनले आफूले माओवादी अहिले प्रतिपक्षमा बसेको भए ०८४ को निर्वाचनमा राम्रो नतिजा ल्याउने थियो भन्ने धारणा पनि सार्वजनिक गरे । उनले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई डाइनामिक लिडरको संज्ञा दिए ।

उनले देशका सबै इस्यु र एजेण्डा माओवादीकै भएको पनि दाबी गरे । उनले प्रचण्ड आँफै एक प्रकारले ओरालो लागेको स्थितिमा रहेको टिप्पणी गरे । र, उपेन्द्र यादव र माधव नेपालपनि अस्तित्व रक्षाको संकटमा रहेको उनको टिप्पणी छ ।


५ असार २०८०, मंगलवार १३:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु