नेपाललाई दोस्रो ओभरमै दोहोरो सफलता
आईसीसी विश्वकप छनोट खेलमा नेपालले अमेरिकाविरुद्ध दोहोरो सफलता हासिल गरेको छ । नेपालका करण केसीले अमेरिकाका ओपनर स्टेभेन टेलर तथा साइतेजा मुक्मल्ललाई लगातार बलमा आउट गरेका हुन् ।
करणले टेलरलाई चार रनको स्कोरमा एलबिडब्ल्यको धरापमा पारेका हुन् भने साईतेजालाई शून्य रनमा आरिफ शेखको हातबाट क्याच आउट गराएका हुन् ।
ताजा अवस्थामा अमेरिकाले दुई ओभर तीन बलमा दुई विकेट गुमाएर सात रन जोडेको छ ।
आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । यसअघि पहिलो खेलमा नेपाल जिम्बाब्बेसंग पराजित भएको थियो भने अमेरिका पनि वेस्ट इन्डिजसंग पराजित भएको थियो ।
५ असार २०८०, मंगलवार १३:२४ बजे प्रकाशित













