punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वकप छनोटःजिम्बावेसँग नेपालको फराकिलो हार

Chaupati
safha napa

आईसीसी विश्वकप छनोटको पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्न नसक्दा नेपालले घरेलु टीम जिम्बावेसँग फराकिलो हार व्यहोरेको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९१ रनको लक्ष्य जिम्बावेसामु प्रस्तुत गरेको थियो । दोस्रो ओभरमा जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेले ४४।१ ओभरमा लक्ष्य पूरा गर्दै नेपालमाथि शानदार ८ विकेटको जीत निकालेको हो ।

नेपालका बलरहरु सोमपाल कामी र गुलशन झाले एक(एक विकेट लिनुबाहेक अरु बलर चल्न सकेनन् ।

जिम्बाबेसामु बलियो योगफल बनाए पनि नेपालका मुख्य बलरहरु नै महँगा साबित भए । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ७७ रन खर्चिए । १० ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ५८ रन खर्चिए ।

जिम्बाबेका ओपनर जोयलर्ड गुम्बी २५ रन र विस्ली मादेभेरे ३२ रन बनाएर आउट हुँदा कप्तान क्रेग इर्भाइनले सर्वाधिक १ सय २१ रनको अविजित इनिङ खेले ।

उनले सिन विलियम्ससँग १ सय ६४ रनको साझेदारि गर्दै १ सय २८ बलमा १५ चौका र एक छक्का प्रहार गरे । विलियम्स ७० बलमा १३ चौका र एक छक्काको मद्दतमा १ सय २ रनमा अविजित रहे ।

पहिलो इनिङमा नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ९९ रन जोडे । आसिफ शेख सँग कीर्तिमनी १ सय ७१ रनको साझेदारि गरेका कुशल आफ्नो करियरमो दोस्रो ओडीआई शतक पुरा गर्न एक रनले चुके ।

 

कुशलले आउट हुनु अघि ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे । आसिफ सय बल खेल्दा ७ चौकाको मद्दतमा ६६ रन बनाएर पभेलियन फर्किए ।

कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रन जोडे । कप्तान रोहित पौडेल २९ बलमा ५ चौकाको मद्दतमा ३१ रन जोडे । आरिफ शेख १० र गुलशन झा १३ रनमा आउट भए ।

छनोटको दोस्रो खेल नेपालले जुन २० मा नेपालले अमेरिका, तेस्रो जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्यान्ड्ससंग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् र दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

 


३ असार २०८०, आइतवार २२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु