punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नक्कली शरणार्थी प्रकरण-जिल्ला अदालत काठमाडौंमा आजपनि थुनछेक बहस जारी

Chaupati
safha napa

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएका अभियुक्त हरुको थुनछेक बहस आज पनि जारी रहेको छ ।

गत आइतबार देखि सुरु भएको बहसमा जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा आज सरकारी वकिलहरुको बहस सकिनेछ ।

आज सरकारी वकिलको तर्फबाट बहस सकिएमा भोलिबाट प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ । १८ जना प्रतिवादीका तर्फबाट बहस गर्न आधा दर्जन पूर्व महान्यायाधिवक्तासहित १०० जना भन्दा धेरै वकिलले नाम टिपाएका छन् ।

सरकारी वकिललाई बहस गर्न तीन दिनको समय निर्धारण गरेका न्यायाधीश न्यौपानेले प्रतिवादीतर्फका वकिललााई ६ दिनको समय छुट्याएका छन् । सरकारी वकिल र प्रतिवादी दुबैतर्फका वकिलको बहस सकेर आउँदो ३१ गते फैसला सुनाउने न्यायाधीश न्यषैपानेको तयारी रहेको छ ।

यस प्रकरणमा पूर्व मन्त्रीद्धय टोपबहादर रायमाझी र बालकृष्ण खाँण,पुर्व सांसद् आङटावा शेर्पा,तत्कालिन गृहसचिव टेकनारायण पाण्डे लगायतका ३२ जनालाई अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ ।


२३ जेठ २०८०, मंगलवार १२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु