punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा विनोदको रहस्यमय मृत्यु भएको एक वर्ष, अझैं पाँच अभियुक्त फरार

Chaupati
safha napa

अछामको पञ्चदेवल विनायक नगरपालिकाका १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणको १ वर्ष पूरा भएको छ ।पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही गत वर्ष जेठ १७ गते बेपत्ता भएका थिए ।स्थानीय तहको निर्वाचन पश्चात् जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवल नगरपालिकाको कालिकास्थानमा भएको झडपपछि बेपत्ता भएका शाहीको शव जेठ २१ गते स्थानीयले फेला पारेका थिए ।

मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो ।

मृतक किशोरका आफन्तले कांग्रेसको योजनाअनुसार हत्या भएको आरोप लगाउँदै आएका छन् । उनको हत्या अभियोगमा पुर्पक्षका लागि ४ जना कारागारमा रहेका छन् भने ५ जना अभियुक्त फरार रहेका छन् ।

मृतकका आफन्तले हत्या आरोपमा नगर प्रमुख अम्बिका चलाउने, जिल्ला समन्वय समिति उपप्रमुख दानमती बम शाही, निवर्तमान वडा अध्यक्ष सर्जन शाही, रामबहादुर शाही, नेत्र शाही, पृथ्वी शाही, देवेन्द्र शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, द्रोपती शाही, शान्ति शाही, कर्ण शाही र अक्कल शाही विरुद्ध मुद्दा दर्ता गराएका थिए ।

विनोदको हत्यामा संलग्न भएको भन्दै मृतकका परिवारले १३ जनाविरुद्ध मुद्दा दर्ता गरेकोमा नगरप्रमुख अम्बिका चलाउने, रामबहादुर शाही र नेत्र शाहीविरुद्ध मुद्दा चलाउन प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयले निर्णय गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ को दफा ३१ अनुसारको प्रमाण नपुगेको भन्दै ३ जना विरुद्ध मुद्दा अघि नबढाउने सरकारी वकिलको कार्यालयले निर्णय गरेको थियो ।


२० जेठ २०८०, शनिवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु