punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्थान

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज (बुधवार) दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र मन्त्रीहरूले प्रधानमन्त्रीलाई विमानस्थलमा बिदाइ गरे । ४७ सदस्यीय सरकारी र उद्योगी व्यापारीसहितको टोली दिउँसो २ बजेर ५० मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले आजै साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहीवार बिहान एक्लाएक्लै भेटवार्ता र प्रतिनिधि मण्डलस्तरमा कुरा गर्ने कार्यक्रम छ ।भारतसँग केही सम्झौता पत्रमा हस्ताक्षर र केही आयोजना उद्घाटन गर्ने कार्यक्रम छ ।

भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड शनिवार स्वदेश फर्किने कार्यक्रम छ ।

 


१७ जेठ २०८०, बुधवार १४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु