punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डले भ्रमणमा नेपालको भूमी भारतीय नक्सामा राखेको विषय उठाउनुपर्छ : रास्वपा

Chaupati
safha napa

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा अखण्ड भारतको विषय उठाउन माग गरेको छ। बुधबार बिहान रास्वपाका महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै भारतको नक्सामा नेपालको भूमि राखेकोप्रति आपत्ति जनाएको हो।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य नहुने रास्वपाको भनाई छ।

‘भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको “अखण्ड भारत” नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चारमाध्यबाट सार्वजनिक भएको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानार्कषण भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य छैन। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौं।’


१७ जेठ २०८०, बुधवार १२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु