punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेशमलाई माफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिँदै पीडित

Chaupati
safha napa

रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने सरकारी प्रयासविरुद्ध पीडित परिवारले राष्ट्रपतिको कार्यालयमा निवेदन दिने भएका छन् । टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले राष्ट्रपति कार्यालयमा निवेदन दिन लागेकी हुन् ।

‘आज सम्माननीय राष्ट्रपतिज्यू समक्ष निवेदन बुझाउन जाँदै छौँ’  गर्दै शारदा बोहराले भनिन्– ‘राजनीतिक सौदाबाजीको प्रयत्न भएको छ ।’

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । प्रदर्शनको नेतृत्व रेशम चौधरीले गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी अदालतको फैसलाअनुसार जेलमा छन् । जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेसमविरुद्ध जन्मकैद फैसला गरेको छ ।

जन्मकैदको फैसला ठहर भएका रेशमलाई आममाफी दिन सरकारले राष्ट्रपतिको कार्यालयसँग राय मागेको छ । केशव पत्नी शारदाले निर्दोष सिपाहीको न्यायका लागि अनवरत लडिरहेको बताइन् । उनले भनिन्– ‘हत्यारालाई सजाय दिलाउने कसममा रत्तिभर विचलित छैन ।’ न्यायको लागि बिन्ती गर्दा गरिरहँदा आममाफी र अध्यादेशमार्फत मुद्दा फिर्ता लिने छलफलले आफूलाई थप पीडा हुने गरेको उल्लेख गर्दै उनले भनिन्– ‘मेरो पति लगायतलाई प्रहार गर्दै गरेको हृदय विदारक चित्कारको आभास गराएको छ ।’

कर्तव्यपरायणको सिलसिलामा श्रीमानको हत्या भएपछि आफू र आफ्ना परिवारलाई राजनीतिले पटक–पटक जिउँदै मारेको उनको भनाई छ । बोहरा प्रश्न गर्छिन्– ‘निरन्तर घाउ माथि घाउ थपिएको छ, अपराधीले राजनीतिको खास्टो भिर्दैमा देशमा न्याय कायम हुन्छ ?’


१२ जेठ २०८०, शुक्रवार १२:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु