punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

Chaupati
safha napa

नेकपा (एमाले) ले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदैछ। प्रशिक्षण अहिले बिहान साढे १० बजेदेखि पार्टी कार्यालय च्यासलमा सुरू हुँदैछ। प्रशिक्षण शुक्रबार र शनिबार चल्ने एमालेले बताएको छ। गत वैशाख २८ गतेदेखि ३० गतेसम्म चलेको केन्द्रीय कमिटीको बैठकले जनप्रतिनिधिहरूलाई स्थानीय तहको नीति, कार्यक्रम, बजेट निर्माणका विषयमा प्रशिक्षण दिने निर्णय गरेको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले दिने बताइएको छ।

अघिल्लो वर्ष भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले८३ वटा पालिका प्रमुख जितेको थियो। ११५ वटा पालिका उपप्रमुख जितेको थियो ।

त्यस्तै १२२ गाउँपालिका अध्यक्ष जितेको थियो भने १२६ उपाध्यक्ष जितेको थियो।

निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीति, दृष्टिकोण समेटेर बजेट तर्जुमा गर्न सघाउ पुगोस् बनेर प्रशिक्षण कार्यक्रम गर्न लागिएको एमालेले बताएको छ। त्यस्तै स्थानीय तहका अधिकार, योजना छनोट र तर्जुमा, पार्टीसँगको समन्वय आदि पनि प्रशिक्षमा समेटिने छन्।


१२ जेठ २०८०, शुक्रवार ११:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु