मौसम पूर्वानुमान : देशका पहाडी भू-भागमा आज पनि वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू(भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
५ जेठ २०८०, शुक्रवार ०६:४२ बजे प्रकाशित































