punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हिम पहिरोमा बेपत्ता बझाङ र दार्चुलामा २ जनाको शव फेला, एकको अवस्था अझै अज्ञात

Chaupati
safha napa

कैलाली । हिम पहिरोमा बेपत्ता भएका मध्ये बझाङ र दार्चुलामा २ जनाको शव फेला परेको छ।
बझाङको सुर्मा गाउँपालिका– १ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको र दार्चुलामा बेपत्ता भएकी डोटी जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो ।

यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा वैशाख १९ गते हिम पहिरोमा परेर बेपत्ता भएकी बोहराको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए।

दार्चुलामा फेला परेको शव मंगलबार देखी बेपत्ता महिलाको हो । त्यस दिन हिम पहिलोमा बेपत्ता भएका पाँच जना मध्ये चार जनाको शव फेला परि सकेको छ भने १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ। उनको खोजी कार्य जारी रहेको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।

यस अघि दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव फेला परेको थियो । कमला र प्रणीण आमा छोरा हुन् ।


२५ वैशाख २०८०, सोमवार १५:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु