punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला हिमपहिरो अपडेट : दुई महिलासहित तीन जनाको शव भेटियो

Chaupati
safha napa

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलवारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँच जना सम्पर्कविहीन थिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका अनुसार केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाई किलोमिटर तल हिउँभन्दा बाहिर मृतास्थामा तीन शव भेटिएको थियो।

शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन ।

मङ्गलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण उद्धार तथा खोजीमा कठिनाइ भइरहेको ।

सो क्षेत्रमा यार्सा सङ्कलकहरु त्रिपालमा बसिरहेका थिए ।


२० वैशाख २०८०, बुधवार १६:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु