नक्कली भुटानी शरणार्थी प्रकरणमा सचिव पाण्डे पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक लाभ लिएको आरोपमा गृह मन्त्रालयका पुर्व सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

हाल उनी उपराष्ट्रपति कार्यालयमा सचिवका रुपमा कार्यरत छ्न्। पाण्डेलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पुर्जी जारी भए पछि पाण्डे फरार रहेका थिए । अहिले उनलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पाण्डेलाई प्रहरीले बोलाएर छलफल गरेको थियो।

उपराष्ट्रपति कार्यालयमा सचिवको रूपमा हाल कार्यरत रहेका उनी २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए।

मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको बताएका थिए। 


२० वैशाख २०८०, बुधवार १६:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु