punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

Chaupati
safha napa

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको सहयोगमा पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन्।

गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसद चाहिन्थ्यो।

नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ भने शुक्रबार हुने भएको छ। शुक्रबार मध्यान्ह मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाउने कार्यक्रम तय भएको पाण्डेको सचिवालयले जानकारी दिएको छ।

नेकपा एमाले संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले गत शनिबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनको पद गएको थियो। त्यसपछि प्रदेश प्रमुख गुरूङले बिहीबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्री दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए।

पाण्डे गत मंसिर ४ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए। पाण्डे कांग्रेसका केन्द्रीय सदस्य पनि हुन्।

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङका पाण्डे नेविसंघ, तरूण दल हुँदै कांग्रेसको राजनीतिमा सक्रिय छन्।

पाण्डे २०७४ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। त्यसबेला उनी राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत थिए।


१४ वैशाख २०८०, बिहीवार १६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु