punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवन-२ मा रवि लामिछाने विजयी, मंसिरको चुनावमा भन्दा धेरै मत

Chaupati
safha napa

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले यसअघिको आफ्नै रेकर्डसमेत तोडेका हुन् ।

गएको मंसिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए । अहिले ५४ हजार १ सय ७६ मत पाएका हुन् । उनले अहिले मंसिरमा पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरेका हुन् । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ।

उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याए । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ पाए ।


१२ वैशाख २०८०, मंगलवार १२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु