फ्लाई दुबईको जहाज सुरक्षित गन्तव्यतिर जाँदैछ, चिन्ता नगर्नुहोला : पर्यटनमन्त्री किराँती
संस्कृति, पर्यटन तथा उड्ययनमन्त्री सुदन किराँतीले इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान गन्तव्यतर्फ जाँदै गरेको जानकारी गराएका छन्। सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै इन्जिनमा समस्या देखिएको उक्त विमान अहिले सुरक्षित रुपमा गन्तव्तर्फ जाँदै गरेको उनले जानकारी गराएका हुन्।
सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नुहोला सबैलाई शुभयात्रा१’
११ वैशाख २०८०, सोमवार २३:०५ बजे प्रकाशित































