punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहाडी भेगमा हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना

Chaupati
safha napa

अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी तथा मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

भोलि सोमबार देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । अपराह्नपछि देशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वैशाख १२ गते मंगलबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।


१० वैशाख २०८०, आइतवार ०७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु