punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा भरुवा बन्दुक फेला

Chaupati
safha napa

कैलालीमा प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरस्थित शिव शंकर सामुदायिक वनमा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको हो।

प्रहरीका अनुसार सामुदायिक वनमा बन्दुक भेटिएको खबरपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । कैलालीमा यस अघि पनि पटक पटक प्रहरीले भरुवा बन्दुक बरामद गर्दै आइरहेको थियो ।


७ वैशाख २०८०, बिहीवार २१:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु