punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वायु प्रदूषित सहरहरुको सूचीमा विश्व नम्बर १ बन्यो काठमाडौं

Chaupati
safha napa

काठमाडौं सहर आज वायु प्रदूषणका हिसाबले विश्वकै नम्बर एक सहर बनेको छ।

विश्व भरका प्रमुख सहरहरूको वायु प्रदूषणको मात्रा देखाउने सूचीमा आज (आइतबार) काठमाडौं शीर्षस्थानमा रहेको हो।

यस सूचीमा थाइल्याण्डको चियाङ माइ सहर दोस्रो स्थानमा छ। त्यसैगरी भारतको कोलकाता बढी वायु प्रदूषण भएको सहरमा तेस्रो नम्बरमा रहेको छ।

आईक्यूएयर डटकमले विश्व भरका सहरको वायु प्रदूषणको मात्रा नापेर अनलाइनमार्फत सार्वजनिक गर्ने गर्छ।जसअनुसार आज काठमाडौंको वायु प्रदूषणको तह सबैभन्दा बढी पाइएको छ।

काठमाडौंको आजको वायु प्रदूषणको तह (एयर क्वालिटी इन्डेक्स) सबैभन्दा बढी २०८ छ भने चियाङ माइ​​​​​​को एयर क्वालिटी इन्डेक्स १८३ छ।

यस सूचीमा पाकिस्तानको लाहोर चौथों र बंगलादेशको ढाका पाँचौ नम्बरमा छन्। भारतको राजधानी दिल्ली भने नवौं स्थानमा छ।

यसै साता मात्र देश भर १४० भन्दा बढी डढेलो लागेको कारण वायु प्रदूषण बढेकोमा सचेत रहन वातावरण विभागले विज्ञप्ति जारी गरेको थियो।

केही दिन यता वायु प्रदूषणका कारण भिजिविलिटी कम भएर देशका प्रमुख सहरका आन्तिरक उडानमा पनि समस्या भइरहेको छ।


३ वैशाख २०८०, आइतवार १२:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु