सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

कैलालीमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज जोशीले जानकारी दिए ।
उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। अस्थायी कोरोना अस्पतालमा आइसियुमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको हो ।


३ वैशाख २०८०, आइतवार ०९:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु