punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय युवा संघ कैलालीको अध्यक्षमा थापा, यी हुन् अन्य पदाधिकारीहरू

Chaupati
safha napa

कैलाली । राष्ट्रिय युवा संघ कैलालीको अध्यक्षमा लक्ष्मण थापा निर्वाचित भएका छन् । कैलालीको घोडाघोडी नगरपालिका १ मा सम्पन्न नवौँ अधिवेशन मार्फत थापा अध्यक्षमा निर्विरोध भएका हुन ।

उपाध्यक्षमा डेबिट खडका, सचिवमा अनन्त बोहरा, सह–सचिवमा केशर बोगटी र छत्र बुढा र कोषाध्यक्षमा कोषाध्यक्षमा कल्पना ओझा निर्विरोध निर्वाचित भएको राष्ट्रिय युवा संघ कैलालीका इन्चार्ज अरुण कुवरले जानकारी दिए । अधिवेशनले कैलालीका सबै पालिकाबाट प्रतिनिधित्व हुने गरि ४६ सदस्यीयको जिल्ला कमिटी गठन गरेको हो ।

हिजो एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले अधिवेशनको उद्घाटन गरेका थिए। एमाले पोलिट ब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष किरण पौडेल पूर्व केन्द्रीय अध्यक्षहरू निरु पाल र बच्चन सिंह लगायतको उपस्थितिमा हिजो सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै टुङ्गिएको हो।

कैलालीमा १० बर्ष पछि राष्ट्रिय युवा संघ नेपालले जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको हो ।


१८ चैत २०७९, शनिवार १९:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु