punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको घोडाघोडी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सहकारी विजयी

Chaupati
safha napa

कैलाली । जिल्लास्थित घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अखिल क्रान्तिकारीका प्रेमबहादुर सहकारी निर्वाचित भएका छन् । उनले ४९८ मत ल्याएका छन् ।

सुरुदेखि अग्रता लिएका उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार विनोद चौधरीलाई दोब्बरभन्दा बढी मतान्तरले पछि पारेका हुन् ।

स्वतन्त्र उम्मेदवार चौधरीले २६७ मत प्राप्त गरे । त्यस्तै अनेरास्ववियुका कपिल सापकोटाले २०६, नेविसंघका बिन्द्राकुमारी जैशीले १८७ मत पाएका छन् ।

कुल २ हजार २४७ जना मतदाता रहेकोमा १ हजार ३९६ मत खसेको थियो । सचिवमा हुकुम आचार्य ४९८ मत ल्याएर विजयी भएका छन् ।

 


६ चैत २०७९, सोमवार १७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु