punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेटवर्किङ कारोबार गर्ने ग्लोबल ओरियन्सका आठ जना प्रतिनिधि टीकापुरबाट पक्राउ

Chaupati
safha napa

आकर्षक तलब पाइने जागिरको लोभ देखाएर युवाहरू ठग्ने ग्लोबल ओरियन्स नेपालका टीकापुरस्थित प्रतिनिधिहरू पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । २१ जनालाई सोधपुछ गरेको छ ।

ठगीको रहस्य सार्वजनिक भएपछि एक महिनाको लागि बिदा भयो भन्दै यहाँको कार्यालय आइतबारदेखि नै बन्द गरिएका छन् तर बाहिरबाट ल्याएर होस्टेलमा राखिएकाहरू भने अब पैसा पाइन्छ कि भनेर आफू ठगिएको बताउन थालेका छन् । अछाम ढकारीका चिरञ्जीवी बुढाका अनुसार नौ वटा जति होस्टेल रहेकोमा धेरैजसोलाई भगाइसकेको र केही मात्रै होस्टेलमा छन् ।

समाचार प्रकाशनमा आएपछि प्रहरीले सक्रियताले पीडितहरू पनि खुल्न थालेका छन् ।

‘आफ्नै मामाले दुई जना कर्मचारी चाहिएको र मासिक अठार हजार तलब पाइन्छ नौ महिनामा बाइक चढ्ने लोभ देखायो, यहाँ आएर दुई दिनको तालिम पाएपछि एक लाख बिस हजार तिरे तीन महिनामा चौथो श्रेणीमा पुगे ४५ हजार पाइन्छ भनेपछि सहकारीबाट एक लाख बिस हजार ऋण लिएर बुझाएँ,’ सुर्खेतकी एक युवा भन्छन्, ‘चार महिना पुगेपछि दुईचार जना अरू ल्याएपछि मात्रै हुन्छ भनेपछि रोइरोइ बसेकी छु सधैँ काम भएन भनेर यातना दिने गरेको छ पढाइ पनि बिग्रिसक्यो घर जाने माहोलै छैन मलाई मृत्युको बाटोतिर डोर्याउँदै छ ।’

 


६ चैत २०७९, सोमवार १५:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु