punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिपको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका-५ गुलरीया बजारस्थित सडकमा सु।प।प्र।०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु।प।प्र।०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका-७ का २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार चालकसहित २ जनाको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


२५ फागुन २०७९, बिहीवार १४:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु