वरिष्ठ पत्रकार तथा समाजसेवी राणालाई अमेरिकामा सम्मान
क्यालिफोर्निया । परदेशमा बस्ने नेपालीहरुको साझा तथा परोपकारी संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनले अमेरिकामा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
क्यालिफोर्नियामा आयोजित विशेष समारोहमा नेपालका वरिष्ठ पत्रकार तथा समाजसेवी कबिर राणालाई सम्मान गरिएको हो । विगत तीन दशक देखि पत्रकारिताको माध्यम बाट सामाजिक जागरण मा योगदान गरेको र विभिन्न सामाजिक अभियानमा सक्रिय भएर लागेको भन्दै राणा लाई यो सम्मान प्रदान गरिएको हो ।
“विगत लामो समय देखि पत्रकारिता तथा सामाजिक सेवाको माध्यम बाट देश र समाजलाई यहाँले पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै विदेशमा बस्ने नेपाली हरूको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाको तर्फबाट यो सम्मान पत्र समर्पण गर्दछौँ,” एसोसिएसनका अध्यक्ष माधव मरासिनी र महासचिव दिपेश लामा द्वारा हस्ताक्षरित सम्मान पत्रमा उल्लेख गरिएको छ ।
वरिष्ठ पत्रकार राणा अहिले अमेरिकाको अध्ययन भ्रमणको सिलसिलामा क्यालिफोर्नियामा छन् ।
यसै गरी यस कार्यक्रममा एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन क्यालिर्फोनियाले नेपाल स्थित देउराली फाउन्डेसन सँगको सहकार्यमा सञ्चालन गरेको गरिब तथा जेहेन्दार बालबालिकाको शिक्षाका लागि फण्ड रेज अभियान’ मा सहयोग पुर्याउने स्थानीय समाजसेवी हरू अनिल पाण्डे , सङ्गीता पोखरेल र पार्वती बम्जन लाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सबैले एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसनका सामाजिक कामहरूको प्रशंसा गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । छोटो समयमा गरिएको निम्तोलाई स्वीकार गरी कार्यक्रममा उपस्थित हुनु भएकोमा समाजसेवीहरू सोनाम मोक्तान, अमोद कटवाल, सुमन आचार्य, पदम लामा, आरुष राणा, अन्जु खड्का राणा, कञ्चन राणा,सहजमान श्रेष्ठ, शिव नेपाल सङ्गीता पोखरेल, दिलिप आचार्य, क्रान्ति अर्याल भण्डारी, सन्तोष गिरी, आरिस कार्की, सुरेश तिवारी,अनिता दाहाल, सिर्जना पाण्डे, राज प्रकाश भण्डारी, अमोद पोखरेल, अनिल पाण्डे , दिनेश बस्नेत लगायत उपस्थित बसैलाई एसोसिएसनका अध्यक्ष मरासिनीले धन्यवाद ज्ञापन गरेका थिए ।
२३ फागुन २०७९, मंगलवार २०:२३ बजे प्रकाशित






























