punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र कांग्रेस नेता सिंहबिच भेटवार्ता

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस नेता प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्। बुधवार बिहान चाक्सीवारि पुगेर मुख्यमन्त्री शाहले सिंहलाई भेटेका हुन्।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्थाबारे नेता सिंहलाई जानकारी गराएका थिए । उनले विश्वासको मत बारे बिभिन्न दलहरूसँग छलफल गरिरहेको समेत नेता सिंहलाई जानकारी गराएको बताइएको छ ।

पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकेपछि कांग्रेस संसदीय दलका नेता शाह माघ २६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि अहिले सम्म विश्वासको मत लिएका छैनन्।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने अडान यथावत् राखेको छ भने माओवादी केन्द्रले केन्द्रको राजनैतिक समीकरण कुरिरहेको छ । यसैबिच शाह विश्वासको मत पाउने वातावरण सृजना गर्न काठमाडौँ गएको बुझिएको छ ।


१० फागुन २०७९, बुधवार १३:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु