प्रचण्ड – नेपालबिच भेटवार्ता, राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको हो?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ। सिंहदरवारमा प्रचण्ड नेपालबिच भेटवार्ता भएको छ।
नेपाल राष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार हुनसक्ने चर्चा चलिरहेका बेला प्रचण्ड र नेपालबिच पनि छलफल भएको छ। एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार नेपाल आफूमा राष्ट्रिय सहमति जुट्ने स्थितिमा राष्ट्रपतिको उम्मेदवार बन्न तयार भइसकेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाललाई राष्ट्रपतिको उम्मेदवारका लागि प्रस्ताव गर्न सक्ने बताइन्छ। नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरिए नेपाली कांग्रेसले भने कसलाई उम्मेदवारका रुपमा अघि सार्छ भन्ने बारेमा भने केही तय भएको छैन।
८ फागुन २०७९, सोमवार १८:०३ बजे प्रकाशित































