अखिलको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट खुल्ला तर्फ किशोर शाहलाई सर्वाधिक मत, अन्य को को भए निर्वाचित ?

कैलाली । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु को केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशको भूगोल तर्फबाट विद्यार्थी नेता किशोर शाहले सर्वाधिक मत ल्याएका छन् ।  उनी अनेरास्ववियु कैलाली अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य पनि हुन् ।
प्रदेशका पुरुष तर्फ ६ जना निर्वाचित हुँदा कैलालीका शाह ११४ मत सहित विजयी भएका हुन् । प्रदेशको भूगोल तर्फ यो सबै भन्दा धेरै मत हो ।  त्यस्तै वीर बहादुर विष्ट १०७, सन्तोस कुमार रानाले १००, प्रमोद खड्काले ९३ , वीर बहादुर खतीले ९० र पुष्कर बहादुर देउवाले ८५ मत पाएर विजयी भए
महिला कल्पना तिमिल्सेना राना बोहरा भूमिका कुमारी कुवर र मन्पुरा कुमारी शाही निर्विरोध निर्वाचित भए ।


५ फागुन २०७९, शुक्रवार ०८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु